पोखरा ।
कृषि उपज थोक बजार (मण्ड), शान्तिवनले तरकारी तथा फलफूलको आजको थोक मूल्य निर्धारण गरेको छ । सर्वजनिक गरिएको मूल्य अनुसार आज रायो साग प्रति मुठाको न्युनतम १०० देखि १२० रुपैयाँ, तोकिएको छ । यसैगरी पालक सागको १०० देखि १२० रुपैयाँ र खोले सागको प्रति मुठा न्युनतम ५० देखि अधिकतम ६० रुपैयाँ तोकिएको छ ।
रातो आलु प्रति केजी ३५ देखि अधिकतम ४० रुपैयाँ, गोलभेडा सानो प्रति केजी ५२ रुपैयाँदेखि ६१ रुपैयाँ, च्याउ (कन्ये) प्रति केजी १८० रुपैयाँ देखि २०० रुपैयाँ, भिण्डी प्रति केजी ८० रुपैयाँदेखि १०० रुपैयाँ, लौका प्रति केजी ८० देखि १२० रुपैयाँ, स्कूस प्रति केजी ६० देखि ७० रुपैयाँ, गाजर प्रति केजी १०० देखि १५० रुपैयाँ, बन्दा प्रति केजी ५० देखि ६० रुपैयाँ, मूला प्रति केजी ६० देखि ७० रुपैयाँ, भण्टा प्रति केजी ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
करेला प्रति प्रति केजी ८० रुपैयाँ देखि १०० रुपैयाँ, घिरौंला प्रति केजी ८० देखि १२० रुपैयाँ, लसुन खासा प्रति केजी २०० देखि २३० रुपैयाँ, हिरयो लसुन प्रति केजी २०० देखि २५० रुपैयाँ, हरियो प्याज प्रति केजी २०० देखि २५० रुपैयाँ, बाडी गेडा १४० देखि १६० रुपैयाँ र बोडी बोसे प्रति केजी १४० रुपैयाँदेखि २०० रुपैयाँसम्ममा कारोबार भइरहेको मण्डीले जनाएको छ ।















