पोखरा ।
आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही नै थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा छ । त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा छ ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४४ पैसा छ । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ५९ र बिक्रीदर ४५९ रुपैयाँ ५६ पैसा छ ।
आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३६ पैसा छ । हिजो र अस्ती पनि बहराइन दिनारको विनिमयदर यही थियो ।















