विन्ध्यवासिनीमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक शत्र २०८१ को पुरस्कार वितरण गरिएको छ । कक्षा नर्सरीदेखि तीनसम्मका शैक्षिक तर्फ २०८१ तथा अतिरिक्त क्रियाकलाप तर्फ २०८२ मा उत्कृष्ट हुन सफल विद्यार्थीलाई विद्यालयका कानुनी सल्लाहकार एवम् बार एसोसिएसन उच्च अदालत पोखराका अध्यक्ष शालिग्राम भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले पुरस्कार वितरण गरे । कार्यक्रममा बोल्दै भट्टराईले आजका बालबालिका नै भोलिका राष्ट्र निर्माता भएको बताउँदै, असल र गुणस्तरीय शिक्षाले मात्र उनीहरू सक्षम हुने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, प्रथामिक तह ईन्चार्ज गोविन्द शर्मा पौडेलले विद्यालयले तल्लो तहबाटै बालबालिका केन्द्रित क्रियाकलापमा जोड दिएको बताए । कार्यक्रम संयोजक समेत रहेका पौडेलले यस्ता कार्यक्रमलाई यस शैक्षिक वर्षमा पनि निरन्तरता दिइने बताए ।

विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती समेत प्रर्दशन गरेको कार्यक्रमको सञ्चालन शिक्षक उमा पराजुलीले जानकारी दिइन् ।

  • ३० श्रावण २०८२, शुक्रबार १९:४० प्रकाशित