पोखरा ।
पोखराको प्रतिष्ठित व्यवसायिक संस्था रत्न इम्पोरियमले क्युआर कोड प्रयोगकर्तालाई ठगिन नदिन आफ्ना ग्रहाकलाई सचेत गराएको छ । इम्पोरियमले कारोबार गर्दा निजी तथा व्यक्तिगत बैंकको क्युआर कोड प्रयोग नगर्ने आग्रह गरेको हो । रत्न इम्पोरियमको नाममा अनलाइनबाट ठगी कारोबार गरिरहेको भन्ने जानकारी आएको तर्फ ध्यानाकर्षण भएको भन्दै आफ्ना ग्राहकलाई सचेत हुन इम्पोरियमले आग्रह भनेको छ ।
केहि व्यक्तिहरुले विभिन्न मालसामनको अनलाइन डेलिभरी गर्ने आस्वाशन दिएर आफ्नो निजी तथा व्यक्तिगत बैंक खाताको क्युआर कोडमा पैसा जम्मा गर्न लगाएको जानकारी प्राप्त भएको भन्दै भुक्तानी अगाडि रत्न इम्पोरियमको नामको क्युआर कोडको एकिन पुष्टी गर्न आग्रह गरेको हो।
रत्न इम्म्पोरियमले भनेको छ ‘अहिले विभिन्न सामाजिक संजालहरुमा विभिन्न व्यक्तिहरुले रत्न इम्पोरियमको नाममा अनलाइनबाट ठगी कारोबार गरिरहेको बिषयमा हाम्रो ध्यानाकर्षण भएको छ । केहि व्यक्तिहरुले विभिन्न मालसामनको अनलाइन डेलिभरी गर्ने आस्वाशन दिएर आफ्नो निजी तथा व्यक्तिगत बैंक खाताको क्युआर कोडमा पैसा जम्मा गर्न लगाएको जानकारी प्राप्त भएको छ । रत्न इम्पोरियमले कारोबार गर्दा निजि तथा व्येक्तिगत बैंकको क्युआर कोड प्रयोग गर्दैन । ग्राहकवर्गलाई सामाजिक संजालबाट कारोबार गर्दा रत्न इम्पोरियमको नामको क्युआर कोडको पुष्टी गर्न तथा भुक्तानी गर्न अगाडी रत्न इम्पोरियमको फोन नम्बरमा (०६१–५७०६६७ र ०६१–५७४५३६) सम्पर्क गरि कारोबारको जानकारी लिन अनुरोध गर्दछौ।’















