आज सेयर कारोबार घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबार सेयर बजार १०.५० अंक घटेको छ ।

सो गिरावटपछि नेप्से परिसूचक २७८५ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १ बजे नेप्से २८१३ अंकसम्म पुगेको थियो । त्यसपछिको ओरालो यात्रा करिब अन्तिम समयसम्म नै कायम रह्यो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ६ अर्ब १६ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने एउटाको स्थिर रह्यो ।

  • २८ श्रावण २०८२, बुधबार १५:४५ प्रकाशित