पोखरा ।
आज सोमबार अमेरिकी डलरको भाउ स्थिर छ। अस्ट्रेलियन डलर, पाउन्ड दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, युरोसहित केही मुद्राको भाउ भने घटेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो ।
यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो।
आज युरो एकको खरिददर १६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९२ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा थियो । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ २१ पैसा र बिक्रीदर ४६० रुपैयाँ १७ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०१ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८४ पैसा छ । बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८३ पैसा थियो ।















