पोखरा ।
आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड दिनारसहित अधिकांंश विदेशी मुद्राको भाउ स्थिर छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा छ । त्यस्तै आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९२ पैसा छ ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा छ। कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०१ पैसा छ ।
आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८३ पैसा छ ।















