पोखरा ।
हाम्रो प्रतिबद्धता बालमैत्री वातावरणमा प्राविधिक एवं गुणस्तरीय शिक्षा भन्ने मूल नाराका साथ शुक्रबार महेन्द्र मा.वि.पोखरा २० भलामले अभिभावक शिक्षा कार्यक्रम एवं प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ ।
अभिभावक शिक्षा कार्यक्रम एवं प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले हिजोको नमूना स्कुल भएको बताउँदै सरकारलाइई सोँच राखी अगाडि बढ्न शिक्षक, अभिभावकलाई आग्रह गरे । उनले कास्की जिल्लाकै शिक्षाको उर्वर भूमि हो भलाम रहेको बताउँदै यसलाई बचाई राख्न आग्रह सुझाव दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक डिएसपी हरि बहादुर बस्नेतले लागूऔषधका बारेमा अभिभावक तथा विद्यार्थीहरुलाई सचेत हुन आग्रह गर्दै घरपरिवारबाट निगरानी गरी बच्चालाई सहि मार्गमा ल्याउनु पर्नेमा जोड दिए ।
बस्नेतले लागूऔषध दुव्र्यसन रोकथाम, बच्ने उपाय तथा कानुनी व्यवस्थाको बारेमा प्रकाश पारेका थिए । सामाजिक सञ्जालको सही प्रयोग गरी आफ्नो जीवनलाई सहज तरिकाले अगाडि बढाउन समेत आग्रह गरे । पोखरामा हाल करिब ५ हजारको हाराहारीमा एचआइभी संक्रमित भएको समेत जानकारी दिए ।
कार्यक्रममा अभिभाव, विद्यार्थी, सरोकारवालाहरुको व्यापक उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्र बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रअ बोधराज पौडेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रअ प्रदीप खत्रीले गरेका थिए ।















