पोखरा ।
आज शुक्रबार अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्रा भने सस्तिएका छन् ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा छ । हिजो युरो एकको खरिददर १६० रुपैयाँ ९४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८७ रुपैयाँ २३ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५८ पैसा र बिक्रीदर ९० रुपैयाँ ९७ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ १८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ १४ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ९१ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ५७ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८३ पैसा थियो ।















