आज सबैजसो मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज बिहीबार अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ ।

अमेरिकी डलर, कुबेती र बहराइन दिनारको भाउ विगत केही दिनदेखि लगातार बढ्दै आएको छ । विगत केही दिनदेखि घट्दै आएका अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ पनि आज बढेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ ९४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा छ । हिजो युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८७ रुपैयाँ २३ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५८ पैसा र बिक्रीदर ९० रुपैयाँ ९७ पैसा छ । हिजो अिस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ९१ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५३ रुपैयाँ ७० पैसा र बिक्रीदर ४५५ रुपैयाँ ६६ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८३ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २७ पैसा थियो ।

  • १५ श्रावण २०८२, बिहीबार ०६:१६ प्रकाशित