नेप्से फेरि ३ हजार मुनि झर्‍यो

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

बुधबार सेयर बजारको परिसूचक नेप्से फेरि ३ हजार मुनि झरेको छ । अघिल्लो दिन ३००२ अंकमा अडिएको बजार आज ४७.९३ अंक घटेर २९५४ मा झरेको छ ।

कारोबार सुरु भएपछि प्रायः घटेको बजार अन्तिमसम्म कायम रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोडको भयो ।

२३ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो ।

  • १४ श्रावण २०८२, बुधबार १६:०६ प्रकाशित