शेखरले भने,‘पूर्वराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो’

केन्द्रभाग मिडिया

विराटनगर ।

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राष्ट्रपति भइसकेको व्यक्तिलाई पुनस् राजनीतिमा सक्रिय नहुन सुझाव दिएका छन् ।बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन् ।

‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिहरू फर्कने कुरा संविधानले त जे गरेपनि हुन्छ भनेर दिएको छ,’ उनले भने, ‘मलाई सोध्नुहुन्छ भने नफर्केको राम्रो । तर फर्कन त कसले रोक्न सक्छ र रु’

उनले आफू राजनीतिमा सक्रिय भएको व्यक्ति भएकाले राष्ट्रपति लगायतका विशिष्ट अधिकारीसँग बेला बेला भेट भइरहेने बताए । सोही प्रक्रिया अन्तर्गत पूर्वराष्ट्रपति भण्डारीसँग पनि भेटवार्ता गरेको उनको भनाइ थियो ।

‘हामी राजनीति गर्दैछौं । हामीहरूले विभिन्न भेट गरिरहनुपर्छ । म प्रतिप्रश्न गर्छु नेपाली कांग्रेस र माओवादी जब सरकारमा थियो त्यतिबेला मैले ओलीजीलाई भेटिरहेको थिएँ,’ कोइरालाले भने, ‘त्यतिबेला कहिल्यै प्रश्न गर्नुभएन । त्यतिबेला पनि छलफल गरेको हो । त्यस्तै छलफल अहिले पनि राजनीतिक दल र नेताहरूबीच भएको हो । लुकेर कसैले भेट गर्छन् होला तर म त्यसमा विश्वास गर्दिनँ ।’

उनले थप भने, ‘राष्ट्रपति हुँदा पनि भेटेको थिएँ । राष्ट्रपति छाडेपछि पनि निवासमै गएर भेटेको थिएँ । यो पनि त्यस्तै भेट मात्रै हो ।’

संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति कार्यालयबाट फर्कनु लोकतन्त्रका लागि खतरनाक भएको पनि बताए ।

  • १४ श्रावण २०८२, बुधबार १५:०८ प्रकाशित