चाडपर्व उपहार कुपन योजना :‘मोबाइल तथा इलेक्ट्रोनिक्स सामान खरिदको साथमा, बाइक स्कुटर हातमा’

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघले ‘प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना २०८२’आयोजना गर्ने भएको छ ।

संस्था दर्ता भएको २५ औं वर्षको अवसरमा व्यवसायी संघले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उपहार कुपन योजना सार्वजनिक गरेको हो ।

व्यवसायी र ग्राहकको हितलाई ध्यानमा राखी यहि साउन १५ गते अर्थात भोलि विहीबार देखि आउँदो पुस १५ गते ५ महिनाको अवधि सम्म चाडपर्व लक्षित उक्त उपहार कुपन योजना सञ्चालनमा ल्याउन लागेको मुल आयोजक समितिका संयोजक तथा पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीका अध्यक्ष चिन्तामणि खरेलले जानकारी दिए ।

इलेक्ट्रनिक्स सामान तथा मोबाइल खरिद गर्ने ग्राहकले एउटा कुपन फ्रि मा पाउने र सोही कुपनद्धारा लक्कि ड्र मार्फत भाग्यशाली विजेता छानिने संयोजक खरेलले बताए ।

‘व्यवसायीले आफ्नो पसलमा आउने ग्राहकलाई जति रकमको सामान खरिद गरे पनि एउटा कुपन निशुल्क उपलब्ध गराउनुपर्ने छ । सोही कुपनको आधारमा भाग्यशाली विजेता लक्कि ड्र मार्फत छानिनेछ। ’

यस योजना अन्तर्गत ५०६ जना भाग्यशाली विजेताले उपहार प्राप्त गर्ने नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष देव कुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठको अनुसार भाग्यशाली विजेता एक जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर, २ जनालाई च्याङ्ग्रा, २ जनालाई फ्ल्याकसिप मोबाइल फोन,२० जनालाई स्मार्ट फोन, ५ जनालाई ३२ इनचको टिभी,१० जनालाई राईसकुकर, १० जनालाई इलेक्ट्रिक जग,१२५ जनालाई किप्याड फोन, १२५ जनालाई इयरबड, २० जनालाई स्पीकर, ३० जनालाई पावर बैंक, ३० जनालाई स्मार्ट घडी, १२५ जनालाई भित्ते घडी प्रदान गरिने छ ।

५ जनाले विशेष भाग्यशाली उपहार योजना अन्तर्गत ५ महिनासम्म मासिक उपहार प्राप्त गर्ने अवसर पाउने नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशका अध्यक्ष मनोहर श्रेष्ठले बताए ।

संघले ग्राहकलाई आकर्षित गर्नका लागि ‘मोबाइल तथा इलेक्ट्रोनिक्स सामान खरिदको साथमा, बाइक स्कुटर हातमा’ भन्ने मुल नाराका साथ उपहार कुपन योजाना ल्याएको बताएको छ ।

हाल यस संस्थामा ३१० व्यवसायी आवद्ध रहेको र सबै व्यवसायीबाट ५ महिनामा ३ लाख कुपन बाड्ने लक्ष्य रहेको मुल आयोजक समितीले जनाएको छ ।

  • १४ श्रावण २०८२, बुधबार १५:०५ प्रकाशित