बहादुर सिंह लामा विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित

केन्द्रभाग मिडिया

मकवानपुर।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ।

मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको अविश्वासको प्रस्तावमाथि मत विभाजनका क्रममा संसदीय दलका नेता लामा विरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट पारित भएको हो। अविश्वासको प्रस्तावको पक्षमा २२ प्रदेश सभा सदस्य र विपक्षमा १५ प्रदेश सभा सदस्यको मत परेको हो।

प्रदेश सभामा कांग्रेसका ३७ प्रदेश सभा सदस्य रहेका छन्।

योसँगै मुख्यमन्त्री लामाले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन्। लामा र इन्द्र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर नेता हुनुहुन्छ। लामा २०७९ पुस १३ गते बानियाँलाई पराजित गर्दै दलको नेता निर्वाचित भएका थिए। संसदीय दलको नेताका लागि भएको निर्वाचनमा लामाले २१ मत पाउँदा बानियाँले १६ मत पाएका थिए।

अविश्वासको प्रस्तावमाथि मत विभाजनबाट निर्णय गर्नु पूर्व प्रस्तावमाथि छलफल गरिएको थियो।

  • १३ श्रावण २०८२, मंगलवार १६:४२ प्रकाशित