गण्डकी अपडेटः १६ जनामा संक्रमण, १३ जना निको भए

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भने १३ जना निको भएका छन् ।
निर्देशनालयको अनुसार १४५ जनामा परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीका ११, पर्वतका १, तनहुँका १, र नवपरासी पूर्वका २ जना रहेका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ५३८ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ९३९ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५७ हजार १६४ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १७२ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १५१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २७ रहेकोे छ ।

  • २३ पुष २०७८, शुक्रबार १६:३३ प्रकाशित