सिंहदरबारमा माओवादी र नेकपा एसका शीर्ष नेताहरूबिच छलफल

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार जारी छलफलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन सहभागी भएका छन् ।

एकीकृत समाजवादीबाट नेपालसहित वरिष्ठ नेता डा। बेदुराम भुसाल रहेका छन् । शीर्ष नेताहरूबिच समसामयिक राजनीतिक लगायत विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले बताएको छ ।

  • १२ श्रावण २०८२, सोमबार १५:५९ प्रकाशित