पोखरा ।
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पोखरामा एक पुरुष पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २७ रिठ्ठेपानी शान्ति खहरे टोलका वष ५८ का जङगे सार्कीलाई यहि साउन ८ गते श्रीमतीको हत्या आरोपमा पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
सार्कीमाथि ५३ वर्षकी श्रीमती छुनु भन्ने जमुना नेपाली सार्कीको हत्या गरेको आरोप लागेको प्रहरीले बताएको छ ।जग्गा बेच्ने विषयमा विवाद हुदाँ श्रीमतीलाई २ मुक्का प्रहार गर्दा श्रीमतीको ज्यान गएको बयान सार्कीले बयान दिएको प्रहरीले बताएको छ।
प्रहरीको अनुसार सार्कीले साउन ६ गते श्रीमतीलाई मुक्का हानेका थिए ।त्यसपश्चात उनले श्रीमतीको वास्ता नगरी यसै छोडेको मा ८ गते घर भित्रबाट गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जमुनाको शरीर सडि गलेको अवस्थामा फेला परेको र पोष्टमार्टमको क्रममा टाउँकोमा गहिरो चोट लागेको कारण ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
जमुना सार्कीको दोस्रो श्रीमती रहेको बताइएको छ ।














