आज साढे २६ अर्बको सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

लगातार बढेको ८ कारोबार दिनपछि आज आइतबार सेयर बजार घटेको छ ।

अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २९६४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार १२ ः ५० बजे ३ हजार १२ अंकसम्म पुग्यो ।

त्यसपछि बिक्री चाप बढ्यो । गत वर्ष साउन ३० गते कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ हजार अंकमै पुगेको थियो । अहिले सोही अंकलाई बजारले प्रतिरोधका रुपमा सामना गरेको छ । ४ वर्षअघि २०७८ भदौ २ गते नेप्से परिसूचक ३१९८ अंक पुगेको रेकर्ड छ ।

आइतबार कारोबार रकम पनि उल्लेख्य बढेको छ । गत बिहीबार १८ अर्ब ४९ करोडको कारोबार भएकोमा आज २६ अर्ब ५७ करोडको भयो । यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो ।

  • ११ श्रावण २०८२, आईतवार १५:५० प्रकाशित