पोखरा ।
आज आइतबार अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार अस्ट्रेलियनसहित सबैजसो मुद्राको भाउ स्थिर छ । अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका मुद्राको भाउ बढेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको भाउ अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा छ । त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा छ । त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा छ।
कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ३५ पैसा छ । आज बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९८ पैसा छ ।















