अधिकांश मुद्राको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।
आज शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

आज युरो एकको खरिददर १६२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा छ । हिजो युरो एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा थियो । आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा थियो ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा थियो ।

कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४५४ रुपैयाँ २७ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ११ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ०७ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६३ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५५ पैसा थियो ।

  • ९ श्रावण २०८२, शुक्रबार ०५:४४ प्रकाशित