‘समृद्धि सीमित व्यक्ति वा समूहका लागि हुनु हुँदैन’ : पूर्वराष्ट्रपति विद्या भण्डारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि केवल सीमित व्यक्ति वा समूहका लागि नभई आम जनताले महसुस गर्ने गरी हुनुपर्नेमा जोड दिएकी छिन् । नेपाल खबरको आयोजनाका भएको ‘राइजिङ नेपाल समिट’मा प्रमुख वक्ताको रूपमा बोल्दै भण्डारीले भनिन्, ‘हामीले के पनि बिर्सनु हुँदैन भने समृद्धि केवल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनु पर्दछ।’

भण्डारीले राजनीतिक स्थायित्व र विश्वासको वातावरण निर्माण गरेर मात्रै देशमा लगानी भित्र्याउन सकिने र त्यसको प्रतिफल सबै नागरिकसम्म पुर्‍याउनुपर्ने बताइन् । लगानीसँगै रोजगारी, सामाजिक समावेशिता, ग्रामीण विकास र वातावरणीय जिम्मेवारी जस्ता विषयलाई सँगसँगै लैजानुपर्ने आवश्यकता रहेको उनको जाड थियो ।

पूर्वराष्ट्रपति भण्डारीले लगानीको ढोका खोल्नु भनेको केवल पुँजी र मुनाफाका लागि मात्र नभई न्याय, सम्भावना र विश्वासका लागि पनि भएको बताइन्।

  • ८ श्रावण २०८२, बिहीबार १७:०१ प्रकाशित