काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से)मा सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक ४.४८ अङ्कले बढेर २९८३.३६ को विन्दुमा पुगेको छ ।
बजारमा कारोबार रकम भने उत्साहजनक देखिएको छ । दिनभरमा कुल १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आज बजार परिसूचक हरियो देखिए पनि घट्ने कम्पनीको सङ्ख्या बढी रह्यो। कुल कारोबारमा आएकामध्ये १२३ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १२७ कम्पनीको सेयर मूल्य घट्यो।















