माधव नेपाल र विप्लवबिच आलोकनगरमा भेट

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार दिउँसो छलफल भइरहेको विप्लवको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार समसामयिक राजनीति, समाजवादी मोर्चाको बैठकको तयारी लगायत विषयमा छलफल केन्द्रित रहेको छ ।

मोर्चाको संयोजक समेत रहेका विप्लवले साउन ११ गते बैठक बोलाएका छन् ।

  • ८ श्रावण २०८२, बिहीबार १५:३३ प्रकाशित