आज १९ अर्ब ५७ करोडको सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

विगत ६ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । आज बजार बन्द हुँदा नेप्से परिसूचक ९.६१ अङ्कले बढेर २९८३.३१ विन्दुमा रोकिएको छ ।

कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन २० अर्ब ८ करोडको कारोबार भएकोमा आज १९ अर्ब ५७ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्दा १५२ को घट्यो ।

  • ७ श्रावण २०८२, बुधबार १६:०४ प्रकाशित