पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण स्वत: निष्क्रिय : एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वतस् निष्क्रिय भएको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । विधान अनुसार केन्द्रीय कमिटी बैठकले नै सदस्यता नवीकरणबारे निर्णय लिने भन्दै केन्द्रीय कमिटीले नै भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले सदस्यताको विषयमा प्रवेश गर्नै नपर्ने उनले बताए ।

‘हामीले निष्कर्ष ९ पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने० निकालेका छौं । हामीले यो निष्कर्ष निकालेपछि सदस्यताको विषय स्वतस् निष्क्रिय भएको छ । सदस्यता नवीकरणको विषयलाई हामीले स्थगित गरेका छौं,’ पोखरेलले भने ।

एक वर्ष अघि नै नवीकरण भएको सदस्यताको विषय छलफलकै आधारमा सार्वजनिक नगरिएको पनि उनले बताए । तर, भण्डारी आफैंले यो विषय सार्वजनिक गरेपछि पार्टीले निर्णय लिएको पोखरेलको भनाइ थियो ।

  • ७ श्रावण २०८२, बुधबार १५:३० प्रकाशित