काठमाडौं ।
मंगलबार सेयर बजार ८०.९७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत वर्षको ३० साउनयताकै उच्च हो । गत ३० साउनमा नेप्से ३ हजार अंक पुगेको थियो ।
कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म उकालो लागिरह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज २० अर्ब ८ करोडको भयो ।
२३६ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो ।















