आज सुनचाँदीको मुल्य कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

मंगलबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउमा भने आज नयाँ रेकर्ड बनेको छ । चाँदी अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ बढेर प्रतितोला २ हजार ३२० रुपैयाँ मूल्य कायम भएको छ । यसअघि साउन ३० गते २ हजार ३१५ रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।

  • ६ श्रावण २०८२, मंगलवार ११:४९ प्रकाशित