अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज सोमबार अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ। तर, बहराइन र दिनारको भाउ भने थोरै बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही भाउमा कारोबार भएको थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ९० र बिक्रीदर १६० रुपैयाँ ६० पैसा छ । हिजो युरो एकको खरिददर १६० रुपैयाँ १३ र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ४२ र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ०५ र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा थियो । कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ७९ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५० रुपैयाँ १५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १२ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ४२ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६६ रुपैयाँ ३९ पैसा थियो ।

  • ५ श्रावण २०८२, सोमबार ०५:३२ प्रकाशित