माओवादीको स्थायी समिति बैठक साउन १६ मा बस्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक साउन १६ गते बस्ने भएको छ । असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउनको दोस्रो साताभित्र स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

पदाधिकारी बैठकको निर्णय अनुसार स्थायी समिति बैठकको मिति तय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकको एजेन्डा जागरण अभियानको समीक्षा, नेताहरूको कार्यविभाजन, केन्द्रीय समिति बैठकको तयारी, समसामयिक राजनीतिक विषय रहेको पौडेलले जानकारी दिए ।

एक वर्षपछि माओवादीको स्थायी समिति बैठक बस्न लागिएको हो ।

  • ३२ असार २०८२, बुधबार १५:१२ प्रकाशित