यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी दिपक घुस सहित पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल घुसहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, पोखराबाट खटिएको टोलीले पौडेललाई मंगलबार ७ हजार घुससहित पक्राउ गरेको हो ।

सवारी चालक अनुमति पत्रको अनलाईन फारम भरिदिने र लिखित परीक्षामा उत्तीर्ण गराई परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ ।

पक्राउ परेका पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • ३२ असार २०८२, बुधबार १२:५५ प्रकाशित