स्पेन  भ्रमणमा गएर उतै बसेको प्रकरणमा गृहद्वारा छानबिन सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरूबारे गृह मन्त्रालयले दुई विषयमा केन्द्रित रहेर छानबिन सुरु गरेको छ ।

मन्त्रालय र त्यस मातहतका निकायले त्यो कार्यक्रममा को को गए रु कसरी गए रु ठगेर कसैले लग्यो कि स्वेच्छाले गए रु र कस्ता कागजात प्रयोग गरेर गए भन्ने विषयमा छानबिन सुरु गरेका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरूबारे छानबिन सुरु गरिएको जानकारी दिए ।

यसबारे कसरी छानबिन गर्ने र केके विषयमा छानबिन गर्ने भन्नेबारे गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो मन्त्रालय सम्बद्ध अधिकारीहरूसँग बैठक गरेका थिए ।

बैठकमा गृहमन्त्री लेखकले कार्यक्रममा कुन एनजीओ वा आईएनजीओले ती व्यक्तिहरूलाई स्पेन लैजान अनधिकृत रूपमा पैसा उठाएको हो भन्ने छानबिन गर्न निर्देशन दिएको प्रवक्ता तिवारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी बनाउने भनेर एनजीओ र आइएनजीओले पैसा उठाएर र केही व्यक्तिलाई लगेर उतै छोडेको विषयमा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रश्न उठाइरहेका छन् । यसबारे गृह मन्त्रालयले छानबिन सुरु गरेको हो ।

गृहमन्त्री लेखकले बोलाएको बैठकमा सहभागी अध्यागमन विभागका महानिर्देशक रिजालले घटनाबारे सत्य तथ्य छानबिन गर्न निर्देशन दिएको जानकारी दिए ।

  • ३० असार २०८२, सोमबार १५:४१ प्रकाशित