पूर्वकृषिमन्त्री परियार एएएई फेलो अवार्डबाट सम्मानित

केन्द्रभाग मिडिया

नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री डा मदनप्रसाद परियार सोमबार मन्त्रालयमा पदभार सम्हाल्नु भएपछि प्रतिक्रिया दिनुहुँदै । तस्बिरः नवीन पौडेल/रासस

काठमाडौं ।

पूर्वकृषिमन्त्री मदनप्रसाद परियार एसियन एसोसिएसन फर एग्रिकल्चरल इन्जिनियरिङ (एएएई) फेलो अवार्डबाट सम्मानित भएका छन् ।

इन्डोनेसियाको बालीमा जारी अन्तरराष्ट्रिय कृषि इन्जिनियरिङ सम्मेलनमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । कृषि, खाद्यान्न र जैविक प्रविधिहरूको प्रर्वद्धनमा गरेको योगदानको कदरस्वरुप उनी आज सम्मानित भएको जनाइएको छ ।

सम्मेलनमा पूर्वमन्त्री परियारले नेपालको जलवायु–अनुकूल कृषिका लागि उपयुक्त प्रविधि प्रवर्द्धनका साथै हालैको जलवायु विपत्तिबारे जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ । रासस

  • ११ मंसिर २०८३, शुक्रबार १३:३० प्रकाशित