तीन महिनापछि बोलाइयो बागमती प्रदेशसभा बैठक

केन्द्रभाग मिडिया

 

हेटौंडा ।

बागमती प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९औँ बैठक बस्ने भएको छ । गत ९ भदौमा मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिएपछि प्रदेशसभा बैठक बसेको थिएन ।

प्रदेशसभा सचिवालयका अनुसार सूचना बैठक १५ मंसिर दिउँसो १ बजे बस्ने जानकारी दिएको हो ।प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुख अप्सरा चापागाईंले बैठक आह्वान गरेकी हुन्

  • ९ मंसिर २०८३, बुधबार १३:५३ प्रकाशित