स्पेनमा दुई वटा रेल ठोक्कियो : कम्तीमा ३९ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् ।उक्त दुर्घटनामा दर्जनौंको ज्यान गएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले उक्त दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान गुमाएको जनाएको छ । यद्यपि उक्त संख्या स्वतन्त्र पुष्टि भने भएको छैन ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले टोलेडोमा भएको गम्भीर रेल दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै आफू स्तब्ध भएको बताएका छन् ।

  • ११ कार्तिक २०८३, बुधबार १६:३० प्रकाशित