काठमाडौं ।
नेकपा एमालेको मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलामा ३ हजार १६४ जना सहभागी हुने भएका छन् । भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चबाट ५५ जना सहभागी हुने एमाले संगठन विभाग प्रमुख एवं भानुभक्त ढकालले जानकारी दिए ।
त्यसैगरी जिल्ला तहबाट ४४० जना र पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट १ हजार ५०६ जनाको सहभागिता रहने उनको भनाइ छ।
त्यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जना सहभागी हुने एमालेले जनाएको छ ।
नेकपा एमालेले राष्ट्रिय भेलाको तयारीलाई तीव्र पारेको छ ।












