मधेस प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको पनि कार्यभार

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुखलाई तोकेका छन् ।

कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि कोशी प्रदेश प्रमुखको कार्यभारसमेत मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२)बमोजिम उनले यो जिम्मेवारी तोकेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा बिहीबार जारी विज्ञप्तिमा कार्यभार तोकिएको उल्लेख छ।

  • १० मंसिर २०८३, बिहीबार १७:०१ प्रकाशित