काठमाडौं ।
एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्नो उत्पादनमा नयाँ स्वाद र रोजाइका विकल्प थप गरेको छ । युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकले एउटै ब्रान्डअन्तर्गत पाँच फरक स्वादका नयाँ फ्लेभर बजारमा ल्याएको हो ।
उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै कम्पनीले पाँच नयाँ फ्लेभर बजारमा ल्याएको जनाएको छ । फरक स्वादसँगै आकर्षक नाम दिइएका यी नयाँ फ्लेभरले उपभोक्तालाई आफ्नो रुचिअनुसार पेय पदार्थ छनोट गर्ने थप अवसर प्रदान गर्नेछन् ।
कम्पनीले सार्वजनिक गरेका नयाँ फ्लेभरमध्ये हरियो स्याउको स्वाद मन पराउनेका लागि ‘ग्रीन म्यानियाक’, मस्कट अंगुरको स्वाद रुचाउनेका लागि ‘ग्रेप अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वादका लागि ‘ट्रपिकल पञ्च’ रहेका छन् ।
त्यस्तै, रास्पबेरी स्वादका पारखीका लागि ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिमली लाइट’ पनि बजारमा ल्याइएको छ ।
यी पाँच नयाँ फ्लेभरसँगै एक्स्ट्रिमले उपभोक्तालाई एउटै ब्रान्डमा विभिन्न स्वाद छनोट गर्ने अवसर दिएको छ । फरक स्वाद, आकर्षक नाम र विविध रोजाइको संयोजनले नयाँ उत्पादनलाई उपभोक्तामाझ थप रुचिकर बनाउने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार उपभोक्ताको स्वादलाई अझ रोमाञ्चक बनाउने उद्देश्यले नयाँ फ्लेभर ल्याइएको हो । पाँच फरक स्वादका ड्रिंकको बिक्री वितरणसमेत सुरु भइसकेको छ ।
उपभोक्ताको रुचि र माग समयसँगै परिवर्तन हुँदै गएको अवस्थामा एक्स्ट्रिमले पनि आफ्नो उत्पादनको दायरा विस्तार गरेको हो । स्वादमा विविधता थप्दै उपभोक्ताको बदलिँदो रोजाइलाई सम्बोधन गर्ने कम्पनीको लक्ष्य छ ।













