एनपीएल : काठमान्डु गोर्खाजले टस जितेर बलिङ गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

अष्ट्रेलियाका चर्चित खेलाडी डेभिड वार्नर आज काठमान्डुको पहिलो रोजाइमा खेल्दैछन् । उनी अर्का अष्ट्रेलियन खेलाडी साम हिजलेटको स्थानमा पहिलो रोजाइमा खेल्दैछन् ।

काठमान्डुले ३ परिवर्तन गरेको छ । हिजलेट, सुमित महर्जन र हरिशंकर शाहको स्थानमा वार्नर, सन्तोष यादव र देव शाह खेल्दैछन् ।

यस्तै कर्णालीले एक खेलाडी परिवर्तन गरेको छ । बंगलादेशका अकबर अलीको स्थानमा बंगलादेशकै जिशान अलाम पहिलो रोजाइमा खेल्दैछन् ।

कर्णालीले यसअघि खेलेका सुरुको दुई खेल जित्दै ४ अंक जोडिसकेको छ र लगातार तेस्रो जितको लक्ष्यमा छ ।

राजधानीको टिम काठमान्डु भने पहिलो खेलमा जनकपुरसँग पराजित भएको थियो र पहिलो जित हात पार्ने लक्ष्यमा छ ।

  • १६ कार्तिक २०८३, सोमबार १२:४४ प्रकाशित