पोखरा ।
बंगालको खाडीको गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) ले भारतको विशाखापट्टनम र गोपालपुरको बिच, कलिङपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार
यो प्रणाली सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना छ ।
साथै देशभर मनसुनी वायुको प्रभाव छ भने पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । यी सबै प्रणालीका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
हाल कोसी, मधेस र बागमती प्रदेशमा धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको अधिकांश स्थान, सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
आज राति देशभर अधिकांश बादल लाग्नेछ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेस प्रदेशको एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ ्र मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।














