पोखरा ।
चितवनपछि पोखरामा Changan NEVO Q05 सार्वजनिक हुने भएको छ । MAW Vriddhi Autocorp Pvt. Ltd.ले भोलि पोखरामा Changan NEVO Q05 सार्वजनिक गर्ने भएको हो ।
सार्वजनिक गाडीको दिपल सोरुममा ४ दिन टेस्ट ड्राइभ हुने बताइएको छ । ग्राहकहरुले असोज ३ अर्थात शनिबारदेखि ६ गतेसम्म चौतास्थित दिपल पोखरा सोरुममा Changan NEVO Q05 को प्रत्यक्ष अनुभव लिन पाउनेछन् ।
NEVO Q05 को Ultra भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार तोकिएको छ। यसमा CATL Golden Shield 2.0 Battery रहेको छ, जसले ३०% देखि ८०% सम्म चार्ज हुन १५ मिनेट लाग्ने दाबी गरिएको छ। यो विश्वव्यापी रूपमा अवार्ड प्राप्त डिजाइन हो र चीनमा पछिल्ला ५ महिनादेखि आफ्नो सेग्मेन्टको नम्बर १ SUV रहेको बताइएको छ।
१२० kW को इलेक्ट्रिक मोटरद्वारा सञ्चालित NEVO Q05 ले NEDC परीक्षणअनुसार ४६२ km सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्दछ भने ऊर्जा खपत प्रति १०० km मात्र १२.९ kWh रहेको छ।
Changan NEVO – NEVO, Changan को मुख्य नयाँ–ऊर्जा सवारी साधन लाइन हो। Q05 लाई विश्वव्यापी शहरी प्रिमियम EV SUV का रूपमा प्रस्तुत गरिएको छ, जसलाई आधुनिक जीवनशैली अपनाउने, जीवनको आनन्द लिने र गुणस्तरलाई प्राथमिकता दिने ग्राहकका लागि “New-Energy Smart Living Enabler” का रूपमा स्थान दिइएको छ।
Changan को नयाँ–ऊर्जा सवारी साधन पोर्टफोलियोअन्तर्गत रहेको NEVO Q05 ले नेपालमा Deepal मार्फत प्रस्तुत भइरहेको स्टाइलिस, प्रविधिमैत्री र प्रिमियम EV अनुभवलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ।
MAW Vriddhi Autocorp Pvt. Ltd. नेपालमा Changan Automobile तथा यसका सब–ब्रान्डहरू—Deepal, NEVO र AVATR—को अधिकृत डिलर हो। कम्पनीले नेपालमा उन्नत प्रविधि, नवीन डिजाइन तथा Next-Generation Mobility Solutions उपलब्ध गराउँदै आएको छ।












