आज पनि घट्यो सबैजसो मुद्राको भाउ

केन्द्रभाग मिडिया

पोखरा ।

आज बुधबार अमेरिकी डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो बिहीबार पनि यी मुद्राको भाउ घटेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकन डलर १ को खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा छ ।

युरोपियन युरो १ को खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ९० पैसा र बिक्रीदर १९७ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १७८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर १ को खरिददर १०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर १ को खरिददर ११५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९४ पैसा, कतारी रियाल १ को खरिददर ४० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार थाई भाट १ को खरिददर चार रुपैयाँ ४१ पैसा र बिक्रीदर चार रुपैयाँ ४३ पैसा, यूएई दिराम १ को खरिददर ४० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४० रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १७ पैसा र बिक्रीदर ११ रुपैयाँ २२ पैसा, स्विडिस क्रोनर १ को खरिददर १४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४ रुपैयाँ ८४ पैसा र डेनिस क्रोनर १ को खरिददर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

यस्तै आज हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, कुवेती दिनार १ को खरिददर ४८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ३० पैसा, बहराइन दिनार १ को खरिददर ३९५ रुपैयाँ ७१ पैसा बिक्रीदर ३९७ रुपैयाँ ३० पैसा, ओमनी रियाल १ को खरिददर ३८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २३ पैसा राखिएको छ ।

  • २ मंसिर २०८३, बुधबार ०७:२९ प्रकाशित