प्रधानमन्त्री राहतको कोषमा मानव मिलन संस्थाको सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।
अन्तर्राष्ट्रिय मानव मिलन संस्था परिवार र मानव मिलन संस्था नेपालले रसुवा स्थित भोटेकोशीमा आएको बाढी प्रभावितका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संयुक्तरुपमा आर्थिक सहयोग गरेका छन् ।

बिहीबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार षमा ५ लाख ११ हजार १११ रुपैयाँ राहत जम्मा गरिएको हो । यसअघि, मानव मिलन संस्था परिवार नेपालबाट पनि २५ हजार र मानव मिलन नारी जागरण नेपालबाट ६६ हजार ६१५ रुपैयाँ सहयोग गरेका थिए ।

मानव मिलन संस्थाकी अन्तर्राष्ट्रिय सचिव सावित्री शर्माले भारतका विभिन्न शाखाहरुबाट रकम संकलन जुटाउन पहल गरेकी थिइन् । संस्थाका संस्थापक नेपालकेशरी डा. मणिभद्रमुनि महाराजको मार्गदर्शनबाट प्रेरित भई मानव मिलन परिवारले विपत्तिमा परेकाहरुको सेवामा सहयोग जुटाउँदै आएको छ ।

संस्थाले २०७२ सालको विनासकारी भूकम्पका बेला तथा २०७६ मा कोभिड महामारीमा पनि प्रभावित सहयोग पु¥याएको थियो । शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा ३२ वर्षदेखि क्रियाशील मानव मिलन संस्थाले नेपाल तथा भारतका विभिन्न प्रान्तमा मानव सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • २६ भाद्र २०८३, शुक्रबार १९:४९ प्रकाशित