आज सेयर बजारका सबै सूचक घटे

केन्द्रभाग मिडिया

काठमाडौं ।

बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । बजार परिसूचक नेप्से १३.८५ अंक घटेको छ । अघिल्लो दिन पनि नेप्से १५.४३ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २५३१ अंकमा कायम भएको छ ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब १९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९९ करोडको भयो । ६९ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ८ को स्थिर रह्यो ।

  • २५ भाद्र २०८३, बिहीबार १५:३८ प्रकाशित