पाखरा ।
पूर्व कर्मचारी सेवा परिषद् कास्कीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगार्थ ३ लाख २७ हजार ९२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको छ ।
आफ्ना सदस्यहरूबाट सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो परिषद्का अध्यक्ष गिरिधारी सुवेदीले जानकारी दिए । उनका अनुसार भोटेकोशीमा आएको अकल्पनीय बाढीबाट प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यहरूबाट रकम संकलन गरिएको हो ।
‘भोटेकोशीमा आएको विनाशकारी बाढीबाट धेरै परिवार प्रभावित भएका छन्। यस्तो विपत्तिको समयमा पीडितलाई केही राहत पुगोस् भनेर परिषद्का सदस्यहरूबाट रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हौंं’ अध्यक्ष सुवेदीले भने ।
परिषद्ले संकलन गरेको ३ लाख २७ हजार ३२ रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषको खातामा जम्मा गरेको जनाएको छ ।
अध्यक्ष सुवेदीले विपत्तिका समयमा राज्य तथा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए । पूर्व कर्मचारी सेवा परिषद् नेपाल पूर्वराष्ट्रसेवक कर्मचारीहरूको हकहित तथा कल्याणसँगै उनीहरूले सेवाका क्रममा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रहितमा उपयोग गर्ने उद्देश्यले स्थापित संस्था हो ।












