ग्यास नपाएको भन्दै सडकमै खाना पकाएर सरकारको विरोध

केन्द्रभाग मिडिया

काठमाडौं ।

खाना पकाउने ग्यास नपाएको भन्दै अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाएर सरकारको विरोध गरेको छ ।ग्यास नपाएको भन्दै उनीहरूले सरकारको विरोधमा काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा खाना बनाएका छन् ।

उनीहरूले सडकमै ईंटा राखेर चुलो बनाउनुका साथै दाउरा बालेर खाना बनाएका छन् भने सडकमै बसेर खाना खाएका छन् ।
ग्याँस नपाउँदा देशका हरेक ठाउँमा सर्वसाधारण लाइन बस्नुपरेको छ ।

  • २५ भाद्र २०८३, बिहीबार ११:५५ प्रकाशित