पोखरा ।
आज अमेरिकी डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ घटेको छ ।
बहराइन दिनारसहित केही मुद्राको भाउ आज थोरै बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुासर आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा छ । हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ १३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ३२ पैसा छ । हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ०१ र बिक्रीदर ४०५ रुपैयाँ ६० पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ र बिक्रीदर ४०५ रुपैयाँ ५९ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।












