सेयर बजारमा सामान्य सुधार

केन्द्रभाग मिडिया

काठमाडौं।

साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से ७.१७ अङ्कले बढेर २६२९.४० विन्दुमा बन्द भएको छ ।

आज बजारमा कुल ३४५ कम्पनीका ९५ लाख कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बजारमा बढ्ने र घट्ने कम्पनीहरूको सङ्ख्या बराबर देखिएको छ । कुल १३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटै कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

  • ४ भाद्र २०८३, बिहीबार १५:४६ प्रकाशित