सेयर बजारमा सामान्य गिरावट

केन्द्रभाग मिडिया

​काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य गिरावट आएको छ। साताको तेस्रो दिन आजर नेप्से परिसूचक ०.२६ अङ्कले घटेर २६२२.२२ विन्दुमा बन्द भएको छ।

​आज दिनभरिमा ३४६ वटा कम्पनीका ४२ हजार ७०९ पटकको कारोबारमार्फत कुल ९५ लाख ८ हजार ८८२ कित्ता सेयरकिनबेच भएका छन्।

यसबाट कुल ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा ११० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १५० वटाको घटेको छ। १८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

  • ३ भाद्र २०८३, बुधबार १५:३१ प्रकाशित