पोखरा ।
आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । आज युरो र पाउन्डको खरिद मूल्य बढ्दा बिक्री मूल्य भने घटेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको थियो ।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ २७ पैसा थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा छ । हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ २२ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ७५ र बिक्रीदर २०७ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ र बिक्रीदर २०७ रुपैयाँ ८१ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०९ रुपैयाँ २० पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ४३ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ २२ पैसा र बिक्रीदर ४९९ रुपैयाँ १७ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९० पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ५४ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।












