आज सेयर बजार १९.३४ अंकले घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको कारोबार हुने एक दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा ओर्लिएको छ।

आज बजार खुलेदेखि नै उतारचढाव देखिए पनि अन्त्यमा बजार राताम्मे भएर बन्द भएको हो। दिनभरिको कारोबारमा नेप्सेले उच्च विन्दु २६५० को हाराहारीमा पुग्ने प्रयास गरे पनि बजार बन्द हुँदा २६२२ को विन्दुमा समेटिएको छ।

आज बजारमा कुल ३४७ कम्पनीका १ करोड ५१ लाख कित्ता सेयर ५५ हजार २४६ पटक खरिद बिक्री भएका छन्। यसबाट कुल ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको बजारमा गिरावट आउँदा अधिकांश लगानीकर्ताले गुमाएका छन्। कुल २१८ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ५६ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

  • २ भाद्र २०८३, मंगलवार १५:५९ प्रकाशित